तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा पुरिएकी महिलाको जीवितै उद्धार

धनकुटा  । धनकुटामा पहिरोले घरमा पुरिएकी एक महिलाको जीवितै उद्धार गरिएको छ । धनकुटाको छथरजोरपाटी गाउँपालिका-२ सल्लेकी २० वर्षीया सिर्जना मगरको स्थानीय र प्रहरीले जीवितै उद्धार गरेका हुन् । घरमा बसिरहेको उहाँलाई घर भन्दा निकै माथिबाट आएको पहिराले घरसहित पुरेको छथरजोरपाटी -२ का वडाध्यक्ष कृष्ण मगरले जानकारी दिनुभयो । जीवितै उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाइएकोमा धनकुटामा उपचार हुन नसकेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घरमा उहाँ मात्रै रहनुभएको र उहाँका बाबुआमा घाँस काट्न गएको बेला पहिरो आएको वडाध्यक्ष मगरले जानकारी दिनुभयो। पहिरोका कारण गोठमा १० वटा बाख्रा, गाई र बङ्गुर पहिरोले पुरेको वडाध्यक्ष मगरले जानकारी दिनुभयो।

यता निरन्तरको वर्षाले जोरपाटी बजारमा ४ घर, सल्लेमा ३ घर जोखिममा परेको वडाध्यक्ष मगरले जानकारी दिनुभयो। निरन्तरको वर्षाले छथर जोरपाटीमा लगाएको अधिकांश तरकारी बाली क्षति भएको छ। वर्षाकै कारण धनकुटाको सिधुवा जितपुर सडक पूर्णरुपमा बन्द भएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button