तपाईँ सुन्दै हुनुहुन्छः

अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित

'अधिकांश सडकहरू अवरुद्ध'

काठमाडौँ । बिहीबार राति देखिको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।

बाढी पहिरोलगायत विपद्मा परी अहिलेसम्म देशका विभिन्न स्थानमा कम्तीमा १२ जनाको मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिनुभयो।

उहाँका अनुसार देशभरका अधिकांश सडकहरू अवरुद्ध भएका छन् भने विद्युत् आपूर्तिसमेत अवरुद्ध हुँदा जनजीवन थप प्रभावित भएको छ । बाढी तथा पहिरोका कारण देशभर १४५ वटा विपद्जन्य घटना भएका र क्षतिको विवरण प्राप्त हुने क्रममा रहेको उहाँले बताउनुभयो ।

देशैभर एकैसाथ विपद्को अवस्था आएकोले राहत तथा उद्धारमा कठिनाइ भइरहेको उहाँले बताउनुभयो । पहिरोले अवरुद्ध भएका सडकहरू खोल्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button