तपाईँ सुन्दै हुनुहुन्छः

नक्कली चिकित्सकसहित १७ जना पक्राऊ

सुनसरी । यातायात कार्यालय सुनसरीको इटहरीबाट नक्कली चिकित्सकसहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यातायात सेवा र सवारी चालक अनुमति पत्र कार्यालयबाट नक्कली चिकित्सकसहित १७ जनालाई बुधबार सुनसरी प्रहरीले नियन्त्रणमा लिइएको हो ।

सेवाग्राहीलाई दुःख दिएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले जानकारी दिनुभयो ।

फुयाँलद्वारा जारी विज्ञप्तिमा यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई दुःख दिने गरेको र अनियमित कार्य गर्न गरेको गुनासोका आधारमा पक्राउ गरिएको उल्लेख छ ।

पक्राउ पर्नेमा नक्कली चिकित्सक, बिचौलिया र लेखापढी गर्ने रहेका छन् । यातायात कार्यालय इटहरीमा बिचौलियाको बिगबिगी हुँदा सर्वसाधारणले सहज सेवा पाउन नसकिरहेको गुनासो बढेको प्रशासनले जनाएको छ ।

नियन्त्रणमा लिएका १७ जनालाई इलाका प्रहरी कार्यालयमा राखेर प्रहरीले कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button