तपाईँ सुन्दै हुनुहुन्छः

गौरीगञ्जमा स्वास्थ्य शिविर सम्पन्न

झापा । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ झापा क्षेत्र नं ५ क्षेत्रीय समितिले गौरीगञ्जमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

गौरीगंज–५ चिल्हारामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा खजुरगाछी र चिल्हाराका २ सय ५० बढी लाभान्दित भएका थिए । शिविरमा निःशुल्क औषधीको समेत बितरण गरिएको थियो ।

गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष तथा नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य फुलवती राजवंशीको प्रमुख आतिथ्यतामा भएको शिविर दमक अस्पतालको प्राविधिक सहयोगमा भएको थियो ।

शिविरमा दमक अस्पतालका सुपरिटेन्डेन्ट तथा स्त्रीरोग विशेषज्ञ डाक्टर कृष्ण साह, मेडिकल अफिसर डा. बन्दना सापकोटा, डा. क्षितिज भट्टराई सहभागी हुनुहुन्थ्यो । लाइफ लाईन अस्पताल दमकका फिजिसियन डा.निरञ्जन साह लगायत स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य जाँच गर्नुका साथै परामर्श प्रदान गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button