तपाईँ सुन्दै हुनुहुन्छः

धरहरा चढ्न सर्वसाधारणको भिड

काठमाडौँ I आज देखि धरहरा चढ्न खुला गरिएपछि सर्वसाधारणको सुनधारामा भिड लागेको छ ।

मन्त्रीपरिषद् बैठकले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज देखि सर्वसाधारणलाई केही समय निःशुल्क धरहरा चढ्न खुला गर्ने निर्णय गरे अनुसार खुला गरिएको हो । प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालमा भूकम्पबाट ढलेको धरहराको पुनर्निर्माण गरिएको थियो । पुरानो धरहरा नौ तलाको थियो भने पुनर्निमित्त धरहरा २२ तलाको छ । यसभित्र दुई वटा लिफ्ट राखिएको छ । अशक्त र वृद्ध वृद्धाले लिफ्टको सहयोगमा धरहरा चढ्न सक्ने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button