तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना घाइते

नेपालगन्ज । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । राप्तीसोनारी गाउँपालिका ४ लालपुर चोकमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा राप्तीसोनारी ४ का ३५ वर्षीय रामशरण थारु र राप्तीसोनारी ३ खैरेनीका १८ वर्षीय बसन्त थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ । 

प्रहरीका अनुसार भे १२ प ३९९५ र भे १२ प ४८२८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका दुवै जना मोटरसाइकल चालकको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको हो । 

त्यसैगरी भे १२ प ३९९५ नम्बरको मोटरसाइकलको पछाडि सवार बर्दियाको राजापुर-४ घर भई हाल राप्तीसोनारी-४ धामपुर बस्ने ३१ वर्षीय अजय दहित तथा भे १२ प ४८२८ नम्बरको मोटरसाइकलमा सवार राप्तीसोनारी-३ खैरेनीका १६ वर्षीय संगीत थारु र वडा  नम्बर ३ खैरेनीकै २१ वर्षीय संजय थारु घाइते हुनुभएको छ । घाइतेहरूको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button