तपाईँ सुन्दै हुनुहुन्छः

प्रविधि, पूर्वाधार र जनशक्तिमा लगानी वृद्धि गरिने

काठमाडौँ I कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि प्रविधि, पूर्वाधार, जनशक्तिको विकास गर्न मन्त्रालयले आवश्यक लगानी क्रमिक रूपमा वृद्धि गर्ने  बताउनुभएको छ । 

बल्खुस्थित कृषि तथा तरकारी बजारको १३औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले कृषि उपजको  बढ्दो आयात घटाउन उत्पादन वृद्धि अपरिहार्य भएको बताउनुभयो । साथै उहाँले कृषि क्षेत्रमा समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । 

आयात प्रतिस्थापन गर्न कृषि उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले तल्लो तहका किसानको हित संरक्षणका लागि हरसम्भव प्रयत्न गर्ने दृढता व्यक्त गर्नुभयो । उहाँले मानव स्वास्थ्यमा प्रभाव पार्ने विषादी प्रयोग नगरी बाली लगाउन किसानलाई आग्रह गर्नुभयो ।

काठमाडौँ महानगरपालिका– १४ वडाध्यक्ष सुमन श्रेष्ठले बिचौलियका कारण वास्तविक किसानले आफ्ना उत्पादनको मूल्य नपाएका बताउनुभयो । 

कृषि बजारका कार्यकारी निर्देशक रामकृष्ण कुँवरले कृषि क्षेत्रको विकासबाट नै आर्थिक उन्नयनमा टेवा पुग्ने भएकाले किसानलाई अनुदान दिएर उत्पादन बढाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button