तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा आज बूढी पोल्ने पर्व बन्ढुनी धुमधामका साथ मनाइँदै

डडेल्धुरा । डडेल्धुरा सहित सुदूरपश्चिममा हरेक वर्षको असोज सङ्क्रान्तिमा बूढी पोल्ने पर्व अर्थात् बन्ढुनी धूमधाम सँग मनाइन्छ ।राक्षसी स्वभावकी पुतनालाई भगवान् श्रीकृष्णले मारेको सम्झनामा यो पर्व मनाइन्छ ।

भाद्र सङ्क्रान्तिका दिनमा गाउँका स्थानीयले नजिकै रहेको जङ्गलबाट विभिन्न किसिमका स–साना काँडेकाठहरु काटेर एक ठाउँमा थुप्रो बनाउँछन् । जसलाई बन्ढुनी वा बूढी पनि भनिन्छ । सोही थुप्रो अर्थात् बुढीलाई आज पोलेर वन्ढुनी पर्व अर्थात् बुढी पोल्ने दिनका रूपमा मनाइन्छ ।

संस्कृतिका जानकार कालिप्रसाद जोशीले असत्यमाथी सत्यको विजय भएको प्रतिकका रुपमा बन्ढुनी मनाइने बताउनु भयो । उहाँले आजका दिन पानी परे गाईले जित्ने नपरे बुढीले जित्ने भन्ने जनविश्वास रहेको पनि जानकारी गराउनु भयो ।
आज रातीको समयमा गाउँ–गाउँमा रहेका बन्ढुनीहरु जलाउन हातमा दियालोको राँको समेत बन्ढुनी जलाउने ठाउँ सम्म आगोको मसाल लगेर स्थानीयहरू जाने र बन्ढुनी जलाउने गर्छन् ।

प्रत्येक वर्ष भाद्र १ गतेका दिन बन्ढुनी बार्न सुरु गरिन्छ । सोही बन्ढुनीलाई असोज १मा जलाइन्छ ।
बन्ढुनीको अवसरमा जिल्लाका विभिन्न स्थानहरूमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।

सुदूरपश्चिमकै प्रसिद्ध बन्ढुनी मेलका रुपमा परिचित अमरगढी –७ पोखरा र अमरगढी –१० राईमा रातभर विभिन्न सांस्कृतिक कार्यक्रम समेत देउडा प्रतियोगिता समेत आयोजना गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button