तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक समाज नेपालद्वारा आज काठमाडौँमा आयोजित स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ कार्यक्रमको उद्घाटन गर्नुभयो ।

सो अवसरमा उहाँले सुदूरपश्चिम तथा कर्णालीको भाषा, साहित्य, संस्कृति, खेल तथा पत्रकारितामार्फत योगदान पुर्‍याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गर्नुभयो ।

राष्ट्रपति पौडेलले साहित्यकार राजेन्द्रसिंह रावल, अभिनेता विराज भट्ट, खेलाडी दीपक विष्ट, लाइभ देउडीया नेत्रराज शाही, निर्देशक भीमबहादुर थापा, गायिका टीका पुन, गायक लालबहादुर धामी, पत्रकार वसन्त प्रताप सिंह, गायक सुरेश शाही तथा लोकेन्द्र बहादुर साउदलाई सम्मान गर्नुभयो ।

राष्ट्रपति पौडेलले समाजद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रम पनि अवलोकन गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button