तपाईँ सुन्दै हुनुहुन्छः

फेदीमा पहिरो गएर तादीको बहाब बढ्यो, तटीय क्षेत्रमा सावधानी अपनाउन अपिल

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाँउपालिका–१ स्थित फेदी नजिकै पहिरो गएसगैँ हिजो राती तादी खोलाको बहाब निकै ठूलो भएको छ । फेदी नजिकै बगेका सानाठूला चारवटा पहिरोले रातको करीब १० बजेतिर तादी खोलामा ठूलो बाढी आएको हो ।

ग्रेगर (लेदो) सहितको बाढी आएकाले तादी खोलाको तटीय क्षेत्रमा आसपासमा सावधानी अपनाउन दुप्चेश्वर गाँउपालिका अध्यक्ष शंकर थापाले अपिल गर्नुभएको छ । रातको समय भएकाले बगेको पहिरोको आकार एकीन नभएको र खोला थुनिएको तथा छेकिएको अवधि समेत थाहा नहुदाँ जस्तोसुकै जोखिम समेत हुन सक्ने भएकाले सावधानी अपनाउन नुवाकोट प्रशासनले अपिल गरेको हो ।

मंगिनगोठ स्थित लामा होटल सञ्चालक पेम्बा लामाको अनुसार मानवीय वस्ती नभएको स्थानमा सुख्खा पहिरो खसेर खोलामा पसेको हो । खोलाको बहाब निरन्तर कायम रहेकाले ठूलो जोखिम भने नभएको उहाँले जानकारी दिनुभयो । तर, रातीदेखि निरन्तर पानी पर्न थालेकाले पहिरो अझै बग्न सक्ने हुदाँ सावधानी अपनाउन भनिएको छ ।

पहिरोको कारण रोकिएको तादीखोला बुधबार रातको ११ बजेदेखि १ बजेसम्म सामान्य अवस्थाको भन्दा दोब्बर ठूलो बहाबमा बगेको समुन्द्रटार निवासी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरी, जनप्रतिनिधि, गाँउपालिकाको कर्मचारी सहित स्थानीयबासीले खोलाले पु¥याउन सक्ने जोखिमको कारण तटीय क्षेत्रका बस्तीका बासिन्दालाई सचेत गराउदै रातभर जाग्राम बसेको थिए । रातको १ बजेपछि खोला सामान्य अबस्थामा फर्केकाले जोखिम हटेको अनुमान गरिएको छ । तर, पहिरोको आकार थाहा नभएको र बर्षा जारी रहेकाले सावधानी अपनाउन अपिल गरिएको छ ।

पहिरो थप बग्न सक्ने र तादी खोलाको बबाह अझै ठूलो हुनसक्ने हुदाँ दुप्चेश्वर गाँउपालिकाको रामतीबजारदेखि समुन्द्रटारबजार, भ्याङ्ले, सातबिसे, आप्रहबजार, ढिकुरेबजार हुदै विदुर नगरपालिका–५ स्थित देवीघाट बजारसम्मका तादी खोलाकोतटीय क्षेत्र आसपासका बासिन्दालाई सतर्क रहन प्रशासनले अपिल गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button