तपाईँ सुन्दै हुनुहुन्छः

चिकित्सक लिएर प्रजिअ सहितको टोली झाडा पखाला प्रभावित क्षेत्रमा: बिरामीको सङ्ख्या बढेर ५० पुग्यो

झाडा पखालाका कारण बाँकेको नरैनापुरका ४ जनाको मृत्यु

बाँके । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगलीमा ‘झाडापखाला’ को प्रकोप देखिएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल सहितको टोली प्रभावित क्षेत्रमा पुगेको छ ।

गाउँपालिका अन्तर्गत वडा नम्बर ३ गेगली झाडापखालाको प्रकोप फैलिएको समाचार रेडियो नेपालमा प्रशासरण भए पाएपछि प्रमुख जिल्ला अधिकारी तथा सम्पुर्ण सुरक्षा निकाय, नरैनापुरका अध्यक्ष र जनस्वास्थ्य कार्यालयको नेतृत्वमा चिकित्सकको टोली प्रभावित क्षेत्रमा पुगेको हो ।

झाडापखालाको प्रकोप अत्यधिक भएको खबर पाएपछि औषधि सहित टोली उक्त प्रभावित क्षेत्रमा पुगेको बाँकेका प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनु भयो ।

झाडा पखालाका कारण बाँकेको नरैनापुरका ४ जनाको मृत्यु

बाँकेको नरैनापुरमा झाडा पखालाका आइतबार ४ जनाको मृत्यु भएको थियो । नरैनापुर –३ गेगलीमा एकै परिवारका २ जना गरी ४ जनाको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी रिजाल सहित स्वास्थ्यकर्मीको टोली नरैनापुर पुगेको हो ।

एक्कासि फैलिएको झाडापखालाबाट गाउँका ५० जना बिरामी परेका छन् । वडा सदस्य यार मोहम्मद खाँका अनुसार हरिराम पासीको श्रीमती वर्ष २५ कि रुसा पासी र उनी छोरी वर्ष डेढ कि नन्दनी पासी, मोहन लाल पासीको श्रीमती वर्ष ६० कि शान्ति पासी, र सखावत अलिको छोरा वर्ष १० को यूसुफको मेट दुखाई पछि सुरु भएको बान्ता र झाडापाखा कै कारण भएको बताउनु भयो ।

झाडापखालाले पुरै गेगली गाउँ प्रभावित बनेको छ भने उपचार सुरु गरिएको जनस्वास्थ्य निरीक्षक देब नारायण उपाध्यायले बताउनु भयो । अत्यधिक गर्मी र खानेपानीमा केही गडबडी भएका कारण सो गाउँमा झाडा पखाला फैलिएको हुनसक्ने स्वतथ्यकर्मीको भनाई छ । फोहोर पानीका कारण उनीहरूमा झाडापखाला लागेको र मृत्यु भएको हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button