तपाईँ सुन्दै हुनुहुन्छः

झापाका १२ स्थानीय तहमा आफ्नै अस्पताल

झापा । झापाका १५ मध्ये १२ वटा स्थानीय तहले  न्यूनतम १५ शय्याको सुविधासम्पन्न अस्पताल सञ्चालनमा ल्याएका छन् ।

पालिका आफैँले सञ्चालन गरेका अस्पतालमा आपतकालीन, प्रसूति, प्रयोगशाला र अल्ट्रासाउन्डलगायतका सेवा उपलब्ध छन् ।जिल्लाको मेचीनगर, कनकाई र गौरादह नगरपालिकामा नगर अस्पताल सञ्चालन भइरहेका छन् भने बुद्धशान्ति, हल्दिबारी, कमल, बाह्रदशी, झापा र गौरीगञ्ज गाउँपालिकामा आधारभूत अस्पतालमार्फत पालिकावासीले स्वास्थ्योपचार सेवा पाइरहेको स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चूडामणि लुइँटेलले बताउनुभयो ।

दमक, विर्तामोड र अर्जुनधारामा नगरक्षेत्रभन्दा बाहिर समेत सेवा दिनेगरी बढी क्षमताको अस्पताल सञ्चालनमा छन् । कचनकवल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । सबैखाले सुविधा रहेको स्वास्थ्य केन्द्रलाई आधारभूत अस्पतालमा रुपान्तरणका लागि तयारी गरिरहेको जनाएका छन् ।

जिल्लाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा भने प्रादेशिक अस्पताल छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button