तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय

काठमाडौँ I नेपाली सेनाले काठमाडौँको चन्द्रागिरी–१२ बलम्बुस्थित वडा कार्यालय नजिक आज बिहान फेला परेको शङ्कास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको छ । 

स्थानीयवासीको घरमा शङ्कास्पद वस्तु फेला परेको जानकारी प्राप्त हुनासाथ परिचालित बम डिस्पोेजल टोलीले उक्त शङ्कास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button