तपाईँ सुन्दै हुनुहुन्छः

प्राडा खनालद्वारा रचित ‘थाङ्नू’ लघुकथा सङ्ग्रहको लोकार्पण

सुनसरी । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभासदस्य प्राडा खेमराज खनाल ‘कलम सौखिन’द्वारा लिखित नवीनतम् लघुकथा सङ्ग्रह ‘थाङ्नू’ को लोकार्पण भएको छ । अखिल नेपाल लेखक सङ्घ (कोसी) प्रदेश समितिद्वारा आयोजित कार्यक्रममा सोको लोकार्पण भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ प्रगतिवादी स्रष्टा भानु भण्डारीले उक्त कृतिको लोकार्पण गर्नुभएको हो । उहाँले प्राज्ञ खनालको ‘थाङ्नू’ लघुकथा सङ्ग्रहलाई समाजमा व्याप्त रहेका अनेकौँ बेथितिविरुद्ध उभ्याइएको छ ।लघुकथाकारले प्रगतिशील स्वरलाई मुखरित गर्दै प्रतिरोधी चेतनालाई सशक्त पारेको बताउनुभयो। 

जनसांस्कृतिक महासङ्घ केन्द्रीय सचिवालय सदस्य ,जनसांस्कृतिक महासङ्घ प्रदेश अध्यक्ष तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले पठाउनु भएको कार्यक्रम सफलताको शुभकामना वाचन गरिएको थियो ।

अखिल नेपाल लेखक सङ्घ कोसी प्रदेशका अध्यक्ष प्राडा प्राज्ञ खेमराज खनालले आफूले भोग्नु परेका जीवनका अनेकौँ पाटाहरू मिहिन ढङ्गले केलाएर आफूले ‘थाङ्नू’ लघुकथा सङ्ग्रह प्रकाशनमा ल्याएको बताउनु भएको छ । उहाँले न्याय ,समता र रूपान्तरणको पक्षमा लघुकथा रचेको दाबी गर्दै प्रगतिवादी कथा सिर्जनामा तल्लीन रहेको उल्लेख गर्नुभयो ।

उक्त लोकार्पित कृति ‘थाङ्नू’ का बारेमा डा. पुष्पलाल न्यौपानेले लघुकथाले समाजका कतिपय पक्षलाई उधिनेर क्रान्तिकारी र अग्रगामी चेतलाई आत्मसात् गरेको बताउनु भयो । उहाँले कृति पठनीय ,सरल र सहज रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा अखिल नेपाल लेखक सङ्घ कोसी प्रदेशले भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएका १२ जना साहित्यिक प्रतिभालाई सम्मानित गरेको छ । उक्त सम्मान प्रमुख अतिथि भानु भण्डारीले प्राडा खेमनाथ दहाल, मचिन्द्र खत्री, डमरुवल्लभ भण्डारी , गोविन्द तिम्सिना, अनु विज्ञाति, गोपाल देवान, महेश श्रेष्ठ, पुष्प ढुङ्गाना, तारा लामगादे, पेमा लामा,नरेश थुलुङ र शारदा दहाललाई प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बम देवान, प्राडा भोलानाथ पोखरेल, अम्बिका शाक्य, मनि राई गोठाले, पिपी कोइराला, अच्युत पराजुली, हिक्मत खड्का, सुजाता वन, प्रफुल्ल भण्डारी, टीका मिलन, कृष्ण गौतम, प्रियांसी पोखरेल, शशीकुमार विश्वकर्मा, राजन निरौला, देवु अत्री, गणेशकुमारी राई, लोचन भण्डारी, जनकऋषि राई र केशव सुनाम लगायतले रचना वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button