तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी सरकारका वनमन्त्री कुर्मीद्वारा राजीनामा

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले राजीनामा दिनुभएको छ ।

बाँकेकी निर्मला कुर्मीको शङ्कास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणमा मुछिनु भएका कुर्मीविरुद्ध चौतर्फी दबाब बढेपछि उहाँले राजीनामा दिनुभएको हो । मन्त्री कुर्मीले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष राजीनामा बुझाउनुभएको कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बताउनुभयो । राजीनामा भने स्वीकृत भएको छैन ।

शाहलाई साउन ९ गते काँग्रेसबाट बिना विभागीय मन्त्री बनाइएको थियो । मुख्यमन्त्री आचार्यले साउन १८ गते कुर्मीलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोक्नुभएको थियो । गत निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट उहाँ बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट लुम्बिनी प्रदेशसभामा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button