तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक भदौ दोस्रो साता

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी छनोट केन्द्रीय कमिटीको पूर्ण बैठकले गर्ने भएको छ ।

पार्टीमा पदाधिकारीका लागि आकाङ्क्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्ने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठक भदौ दोस्रो साता काठमाडौँमा बस्ने भएको केन्द्रीय सदस्य पाण्डेयले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button