तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा उपचार रोकिने जोखिम बढ्दै

बाँके । भेरी अस्पताल नेपालगन्जले स्वास्थ्य बिमाको रकम शोधभर्ना नपाउँदा उपचारमा समस्या आउन सक्ने बताएको छ ।

स्वास्थ्य बीमा बोर्डले १०/१२ करोड रुपैयाँ भुक्तानी नदिएका कारण उपचार खर्च व्यवस्थापन गर्न समस्या भएको अस्पतालका मेडिकल सुपरिटेण्डन डा.प्रकाश थापाले बताउनुभयो । रकम भुक्तानी दिन नसकेका कारण औषधि र अन्य आवश्यक सामग्री खरिद गर्न समस्या भइरहेको अस्पतालका मेसु थापाले जानकारी दिनुभयो ।

आर्थिक अभावकै कारण औषधि र स्वास्थ्य सामग्री सप्लायर्सले भुक्तानी पाउन नसकेको उहाँले बताउनुभयो । जसका कारण सप्लायर्सहरुले सामग्री दिन बन्द गर्ने चेतावनी दिइसकेको डा. थापाको भनाई छ ।

बिमा बोर्डलाई अस्पतालको समस्या र औषधि सप्लायर्सले दिएको चेतावनीको जानकारीसहित पत्राचार गर्दा पनि रकम भुक्तानीमा गम्भीरता नभएको डा. थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button