तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम जारी

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरुले आज पनि ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्नुभएको छ ।

बैठकमा केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धनको प्रमुख कार्यभार संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने रहेको बताउनुभयो ।

उहाँले दुई ठूला दल मिल्नुको औचित्य संविधान संशोधनलगायत साझा राष्ट्रिय कार्यसूची बनाएर जनभावनाअनुसार कार्यान्वयनमा लैजान सक्दा आमजनताको भरोसा र विश्वास जित्न सकिने बताउनुभयो ।

नेता कोइरालाले व्यवहारमा सङ्घ र प्रदेशमा मन्त्रीहरू छनोटले सुशासनलाई जिस्क्याइरहेको टिप्पणी गर्नुभयो ।

यस्तै बैठकमा, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह के.सी., डा. नारायण खड्का, आनन्दप्रसाद ढुङ्गानालगायत ३० जनाले आ–आफ्नो धारणा राख्नभएको थियो ।

केन्द्रीय कार्यसमितिको बैठक भोली बिहान ११:०० बजे पुनः बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button