तपाईँ सुन्दै हुनुहुन्छः

जनसङ्ख्याका आधारमा संसद्मा प्रतिनिधित्व हुनुपर्छ : अध्यक्ष यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनले मुलुकलाई गणतन्त्रमा प्रवेश गराउन, समावेशिता लागू गर्न र सङ्घीयतामा रूपान्तरण गर्न महत्त्वपूर्ण योगदान गरेको बताउनुभएको छ ।

उहाँले जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्रको सङ्ख्या काम गर्नुपर्नेमा ५३ प्रतिशत जनसङ्ख्या रहेको तराई मधेसमा त्यसका आधारमा सङ्घीय संसद्मा प्रतिनिधित्वको व्यवस्था सुनिश्चित गरिनुपर्ने माग गर्नुभयो ।

देशमा रहेका मिथिला, किरात, खस र काठमाडौँका रहेको नेवार सम्भाव्यता मिलेर बनेकाले ती सबै सभ्यतालाई बराबरीका दृष्टिकोणबाट हेरिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले संविधान संशोधनमार्फत तराई मधेसका जनताले उठाउँदै आएको विषयवस्तु सम्बोधन गरिनुपर्छ भन्नुभयो ।

जसपाद्वारा आयोजित ‘संविधान संशोधनको सवाल’ विषयक अन्तरक्रियामा अध्यक्ष यादवले सङ्घीयता र सङ्घीय शासन प्रणालीलाई सफलता बनाउन संवैधानिक सर्वोच्चता, मूलभूत विषयमा कठोर भएको लिखित संविधान र स्वतन्त्र न्यायालयको आवश्यकता पर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button