तपाईँ सुन्दै हुनुहुन्छः

वर्षाले ग्रामीण क्षेत्र जाने सडक अवरुद्ध

गोरखा । शुक्रबारदेखि परेको वर्षाका कारण तनहुँका मुख्य तथा ग्रामीण सडक अवरुद्ध भएका छन् । शनिबार पहिरो गएपछि विभिन्न ठाउँका सडक अवरुद्ध भएका हुन् ।

आरुघाट गाउँपालिका हुँदै धार्चे, चुमनुब्री जाने विभिन्न सडक पहिराका कारण अवरुद्ध भएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ जानकारी दिनुभयो ।

गण्डकी गाउँपालिकाको फुजेल, अजिरकोट गाउँपालिकाको घ्याच्चोक, ओलाङ, शहिदलखन गाउँपालिकाको बक्राङ, मनकामना, आरुघाट गाउँपालिकाको मान्बु, अलैँचे, चुमनुब्री गाउँपालिकाको जगत, फिलिम, पाङसिङ लगायतका क्षेत्रमा जाने सडक पूर्ण रुपमा अवरुद्ध छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button