तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वप्रधानमन्त्री केपी ओलीलाई रुपन्देहीमा भव्य स्वागत 

भैरहवा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । एसइई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्न बुटवल आउनु भएका ओलीलाई विमानस्थलमा नेता कार्यकर्ताले भव्य स्वागत गरेका थिए । 

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रुपन्देहीका विद्यालयबाट २०८० सालको एसइई मा ३.६ जिपिए प्राप्त गर्न सफल एक हजार २८ विद्यार्थीलाई एकै ठाउँ सहभागी गराएर पार्टी अध्यक्ष ओलीमार्फत सम्मानको कार्यक्रम एमाले भातृ सङ्गठन अनेरास्ववियुले आयोजना गरेको छ । 

आज हुने कार्यक्रममा एमाले अध्यक्ष ओलीले बालबालिकासँग अन्तरक्रिया पनि गर्नुहुने छ । अन्तरक्रियात्मक ढंगले कार्यक्रमको आयोजना गरिएको नेकपा एमालेका जिल्ला अध्यक्ष यज्ञ गैरेले बताउनुभयो । 

एमाले रुपन्देहीका उपसचिव बाबुराम पन्थीले अध्यक्ष ओलीसँग बालबालिकाहरूको अन्तर्क्रिया हुने भएपछि विभिन्न विद्यालयका प्राचार्य, शिक्षक तथा बुद्धिजीवीहरूको पनि कार्यक्रममा सहभागिता रहने बताउनुभयो ।

अध्यक्ष ओलीसहित उपाध्यक्ष एवं रुपन्देही–२ का प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, अनेरास्ववियुका केन्द्रिय अध्यक्ष समिक बडाल समेत रुपन्देही आउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button