तपाईँ सुन्दै हुनुहुन्छः

माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु 

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका–२ स्थित कटरिया खोलामा माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।

आइतबार बेलुका ५ बजेको समयमा खोलामा माछा मार्न गएका स्थानीय हर्क तामाङको १८ वर्षीय छोरा सोनु तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले  जानकारी दिएको छ ।

खोलामा डुबेर अचेत भएको अवस्थामा साथीहरूले तत्काल उपचारको लागि स्थानीय बकुलहर अस्पताल पुर्‍याएका  थिए ।

चिकित्सकले आइतबार साँझ साढे ७ बजे सोनुलाई मृत घोषणा गरेका हुन् । मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृहमा पठाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button