तपाईँ सुन्दै हुनुहुन्छः

सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउन कार्यदल गठन

काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताको बैठकले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन सहजीकरण कार्यदल गठन गरेको छ ।

आइतबार बेलुका तीनै दलले दलका तर्फबाट रहने सदस्य तोकेपछि सहजीकरण कार्यदल गठन भएको हो । कार्यदल गठन भएसँगै अब यसले विधेयकका मिल्न बाँकी विषयमा  छलफल थाल्ने छ । 

सहजीकरण कार्यदलमा कांग्रेसका तर्फबाट रमेश लेखक, एमालेका महेश बर्तौला र माओवादीका जनार्दन शर्मा सदस्य रहनुभएको छ ।

कार्यदलका सदस्य एमालेका प्रमुख सचेतक महेश बर्तौलाले यसअघि मस्यौदामा भएका असहमतिका बुँदामा छलफल गरी कार्यदलले साझा धारणा बनाउने जानकारी दिनुभयो । 

प्रधानमन्त्री निवास बालुवाटारमा गत शुक्रवार प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिचको छलफलपछि सहजीकरण कार्यदल गठन गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button