तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत समाजवादी महाधिवेशन:  बन्द सत्र सुरु

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशन अन्तर्गत बन्द सत्र सुरु भएको छ । प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्द सत्रमा  राजनीतिक दस्ताबेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्ताबेजमा छलफल गरिने छ । 

पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले बन्द सत्रमा प्रतिनिधिबिचमा दस्ताबेज माथि छलफल गरिने जानकारी दिनुभयो । महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी छन्  । पारित हुने सिद्धान्त, नीति तथा वैचारिक दृष्टिकोणका आधारमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन  गर्ने छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button