तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले भेटवार्ता भइरहेको छ ।
उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित रहेको बुझिएको छ । अध्यक्ष ओलीसँग शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले करिब तीन घण्टा बालकोटमा भेटवार्ता गर्नुभएपछि राजनीतिमा त्यसको अनेक अर्थ लगाइदैछ । देउवा र ओलीबीचको भेटवार्तालाई कतिपयले सत्ता समिकरणसँग जोडेर व्याख्या गरेपनि सत्तापक्षले त्यसलाई अस्वीकार गरेको छ । त्यसै विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच हिजो भेटवार्ता भएको थियो ।
यसैबीच नेपाली कांग्रेसले आज दिउसो पदाधिकारी बैठक बोलाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button