तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री कार्कीसँग स्वीस राजदूतको भेटघाट

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्वीस राजदूतावासका कार्यवाहक राजदूत म्याट्थिस मेइरबीच आज भेटवार्ता भएको छ ।

भेटवार्तामा स्वीस सरकारको सहयोगमा कोशी प्रदेशमा सञ्चालनमा रहेका कार्यक्रमका विषयमा छलफल भएको थियो ।

सो भेटमा स्वीस विकास सहायतासम्बन्धी कार्यक्रममा विविध पक्षका बारेमा छलफल हुनुका साथै सङ्घीयता कार्यान्वयनका विषयमा द्विपक्षीय सहकार्य गर्ने विषयमा पनि कुराकानी भएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button