तपाईँ सुन्दै हुनुहुन्छः

सहाना प्रधान स्मृति यु–१९ भलिबल : पुरुषतर्फ सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । सहाना प्रधान स्मृति यु–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्ड हलमा सोमबार सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ३–१ को सेटमा हरायो ।

यसैगरी सोमबार सम्पन्न महिलातर्फका खेलमा कोशी र बागमती प्रदेशले जित हासिल गरेका छन् । कोशीले कर्णालीलाई ३–० तथा बागमतीले गण्डकीलाई ३–० ले पराजित गरे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button