तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीमा आएको बाढीले अस्थायी पुलमा क्षति

सिन्धुपाल्चोक । गएरातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुलमा क्षति गरेको छ ।मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुलमा क्षति गरेको हो । २०७८ को बाढीले पुल बगाएपछि ह्युम पाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडा जोड्ने अस्थायी पुल बगाएको हो ।

पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान असहज भएको छ । वैकल्पिक बाटो प्रयोग गर्नुपर्दा थप १५ किलोमिटर घुम्नुपर्छ ।मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङका अनुसार वर्षा सुरुभए सँगै रातिको बर्षाले पुलमा क्षति पुगेको भन्दै तामाङले अब ह्युमपाइप झिकेर सुरक्षित राखिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button