तपाईँ सुन्दै हुनुहुन्छः

खडेरीका कारण धानको ब्याड हुर्काउन समस्या

बाँके । लामो समयको खडेरीले बाँकेको जनजीवन प्रभावित भएको छ।

दिउँसोको चर्को घाम र तातो हावाका कारण पानीको स्रोत सुकेपछि पिउने पानीदेखि धान लगाउन तयार पारिएको बिउ हुर्काउन समेत समस्या भएको छ।

बाँकेमा आकासे पानीको भरमा धानको बिउँ राखेका किसानहरूलाई अहिले समस्या हुँदै आएको हो।

दैनिकजसो मोटरबाट पानी तानेर धानको बिउँमा पानी लगाउने गरेको कोहलपुर नगरपालिका–१२ चपरगौडिका निर्मला केसीले बताउनुभयो । “बल्लतल्ल मोटर चलाएर धारो चलाएर धानको बिउँ राखेका थियौँ, अहिले न आकाशबाट पानी झर्छ, न त भोल्टेज आएर मोटर नै चल्छ, बिउँ राखेको ठाउँ नै चिरा परिसकेको छ ।”, उहाँले भन्नुभयो ।

यसैगरि नेपालगन्ज, राझा, राप्तीसोनारी, बैजनाथ, खजुरा नरैनापुर, डुडुवा गाउँपालिकाका अधिकांश किसानहरूलाई अहिले ठुलो पानी नपर्दा समस्या भएको छ । लामो खडेरीले पानीका मुहान सुकेसँगै धान लगाउने किसानले रोपाई गर्न पाएका छैनन्। धानको ब्याड हुर्काउन समेत पानीकै अभावमा समस्या भएको किसानको गुनासो छ ।

असारको पहिलो हप्तासम्म बिउँ नै हुर्कन पाएको छैन कहिले पानी पर्ने अनि कहिले धान रोप्ने हो । यो बर्ष खडेरी र भोकमरीको समस्या खेप्नुपर्ने बाध्यता आइपर्ने बाँकेका अधिकांश किसानको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button