तपाईँ सुन्दै हुनुहुन्छः

योजना अलपत्र पार्ने विरुद्ध सरकार कठोर हुन्छ : मन्त्री दाहाल

झापा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विकासका योजनाहरू अवरुद्ध पार्ने विरुद्ध सरकार कठोर हुने बताउनुभएको छ ।

आज झापामा २ वटा अलपत्र अवस्थामा रहेका पुलको निरीक्षण गर्दै दाहालले निर्माण शुरु गर्नका लागि केही समस्या भए सरकारले समाधान गर्ने तर काम समयमा सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले निर्माणको जिम्मा लिने र काम नगर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभयो ।

हुलाकी मार्ग अन्तर्गत कन्काइ नदीमा रहेको पुल लामो समयदेखि अवरुद्ध छ । निर्माण कम्पनीको ढिलाइका कारण काम रोकिएको हो । यस्तै गौरीगन्ज गाउँपालिका झापा र रतुवामाइ नगरपालिका मोरङ जोड्ने रतुवा पुल एक दशकदेखि अलपत्र अवस्था छ ।

नदीमा पुल नभएका कारण दुवै स्थानका बासिन्दा बन्दै गरेको पुल मुनि बाँसे पुल बनाएर हिँड्न बाध्य छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button