तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलद्वारा बर्लिनको पर्खाल अवलोकन

वर्लिन (जर्मनी) । मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आज तत्कालीन पूर्वी र पश्चिम जर्मनीबिचको भत्किएको बर्लिनको पर्खाल अवलोकन गर्नुभएको छ ।

सो अवसरमा प्रथम महिला सविता पौडेलसहित भ्रमण दलका अन्य सदस्यहरू पनि सहभागी हुनुहुन्थ्यो ।

स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागी भएर जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी आउनुभएका हो ।

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबिच वर्लिनमा आज नै भेटवार्ता हुने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button