तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधानलाई सिफारिस गर्ने निर्णय

काठमाडौँ । संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधानलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानलाई निर्वाचन आयुक्त सिफारिस गर्ने निर्णय गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र उपसभामुख इन्दिरा राना सहभागी हुनुहुन्थ्याे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button