तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथर याङवरका ६० परिवार पहिरोका कारण विस्थापित

पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा अविरल वर्षासँगै पहिरो जाँदा याङवरक १, २ र ३ का ६० घर परिवार विस्थापित भएका छन् ।

बाढीले याङवरक गाउँपालिका–३ को फलाम खोला र ओयाम खोलाका २ वटा मोटरेबल पुल बगाएको छ भने याङवरक २ रिजाल भीरमा गएको पहिरोका कारण मध्ये पहाडी राजमार्ग अवरुद्ध भएको छ ।

माथिल्लो बस्तीबाट आएको बाढीले ओयाम बजारका घरहरू पुरिएका छन् । वडा नम्बर १, २ र ३ का करिब एक सय घर पहिरोको जोखिममा रहेको याङवरक गाउँपालिका –३ का वडाध्यक्ष विमल राईले बताउनुभयो । पहिरोको जोखिम बढेपछि ओयामका ६० घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

जोखिम रहेका स्थानका नागरिकलाई अन्यत्र सार्ने काम भइरहेको प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीले बताउनुभयो । जोखिममा रहका नागरिकलाई हेभन्लि पाथको भवन र गाउँमा सुरक्षित रहेका घरहरूमा सारिएको छ ।

शनिवार साँझदेखि भइरहेको वर्षा अझै जारी छ झरी नरोकिए झनै जोखिम बढ्ने देखिन्छ, उद्धार र राहतका लागि प्रहरी प्रशासन गुहारिएको राईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button