तपाईँ सुन्दै हुनुहुन्छः

छिटो, छरितो सेवा प्रवाह गर्न कर्मचारीलाई मन्त्री अधिकारीको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कर्मचारी संयन्त्रबाट प्रदान गरिने सेवा प्रवाहमा आम नागरिक सन्तुष्ट हुन नसकिरहेकाले छिटो, छरितो सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।

नेपाल निजामती कर्मचारी सङ्गठनले आयोजना गरेको ‘सङ्घीयतामा भूमि प्रशासन र सहकारीको वर्तमान अवस्था, चुनौती, समस्या र समाधानका उपाय’ बिषयकः कार्यपत्र प्रस्तुती कार्यक्रममा मन्त्री अधिकारीले देशको व्यवस्था परिवर्तनमा राजनीतिक दलले सफलता प्राप्त गरेकाले अब जनताको अवस्था परिवर्तनका लागि सरकारी कर्मचारी र राजनीतिक नेतृत्व मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले जनताले तिरेको करबाट सरकारले आफ्नो आर्थिक, प्रशासनिक र विकास निमार्णका काम गर्ने भएकाले जनता नै असन्तुष्ट भएमा र समयमै सेवा प्राप्त नगरेमा व्यवस्था परिवर्तनको कुनै अर्थ नहुने बताउनुभयो ।

मन्त्री अधिकारीले मालपोत कार्यालय, नापी कार्यालय तथा सहकारी विभाग र यस मातहतका कार्यालयमा जनगुनासो बढी हुने भएकाले सुशासन कायम गर्दै छिटोछरितो सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । उहाँले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने र नराम्रो गर्नेलाई दण्ड सजायको भागीदार हुनुपर्ने कुरामा सचेत गराउनुभयो ।

कार्यक्रममा कर्मचारी सङ्गठनका अगुवा नेताहरूले कर्मचारी प्रशासनको असल पहिचान निर्माण गर्ने गरी अघि बढ्नुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button