तपाईँ सुन्दै हुनुहुन्छः

नदिमा डुबेर एक पुरुषको मृत्यु 

नवलपरासी । नवलपरासी पूर्व ( नवलपुरको ) कावासोती १३ गैरी स्थित नारायणी नदीमा माछा मार्ने क्रममा एक जना पुरुषको डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी  वेद बहादुर पौडेलका अनुसार कावासोती –१३ का पूर्णबहादुर मुसहरको नारायणी नदीमा डुबेर मृत्यु भएको हो । माछा मार्ने क्रममा नदीमा डुबेर उहाँको मृत्यु भएको हो । 

आज दिउसो एक बजेतिरको समयमा नारायणीमा डुबेर मुसहरको  मृत्यु भएको  भनी स्थानीयले खबर गरे पछि प्रहरी घटनास्थलमा पुगेको थियो ।  मृतकको शव पोस्टमार्टमका लागी मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button