तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा तीन केजी सुन र दुईलाख नगदसहित पसल चोरी

चितवन । कालिका नगरपालिका वडा नम्बर ६ खोलेसिमल बजारमा सुनचाँदी सहित नगद चोरी भएको छ । शनिबार राती ८ बजेर ४० मिनेट जाँदा विनोद सुनारको पसलबाट अन्दाजी ३ केजी सुन, ३५ केजी चाँदी र दुई लाख रुपैयाँ नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

सुनचाँदी पसलमा चोरी भएको घटनाको जानकारी पाए लगत्तै . कार्यालयबाट प्रहरी उपरीक्षक समेतको प्रहरी टोली खटिई गई घटनाको सूक्ष्म अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।  चोरी भएको भनिएको मध्यको ७७६.८१ ग्राम सोही पसलमा फेला परेको छ  । उक्त घटनाको विषयमा ४ जनासँग  सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button