तपाईँ सुन्दै हुनुहुन्छः

मुगुमा आगलागी बाट एक घर जलेर पूर्ण रूपमा नष्ट

मुगु । शुक्रवार मुगुको एक होटेलमा आगलागी हुँदा मालसामान सहित ३ तलाको पुरै  घर जलेर नष्ट भएको छ ।

गएराति करिब   १० बजेको समयमा तीन तलाको  कच्ची घरमा एक्कासी आगलागी हुँदा छायानाथ रारा नगरपालिका वडा नं ३  लामाचौरमा  होटेल व्यवसाय सञ्चालन गर्दै आउनु भएका लाल चन्द भण्डारीको पुरै घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

राती आगो लाग्नसाथ नेपाली सेना , नेपाल प्रहरी, नगर प्रहरी ,बजार बासीका साथै तली र माथी तुम गाउँका स्थानीयले आगो  नियन्त्रण गर्ने प्रयास गरेका भएपनि  रातीको समय  भएकाले  आगो नियन्त्रण गर्न मुस्किल परेको र राती २ बजेको मात्र आगो नियन्त्रणमा आएको मुगुका प्रहरी नायब उपरिक्षक वीरेन्द्र थापाले बताउनु भयो ।   

आगलागी बाट  के कति धनमालको क्षति भयो त्यसको विवरण आउन बाँकी रहेको पनि डिएसपी थापाले बताउनु भयो ।  सुख्खा खडेरी र पर्याप्त पानीको श्रोत नभएका कारण  जति प्रयास  गरेपनि  समयमानै  आगो नियन्त्रणमा ल्याउन नसकिएको माथि तुम गाउँका स्थानीय प्रकाश भण्डारीले बताउनु भयो । घर भित्र भएका , भाँडा कुँडा, लत्ता कपडा  अन्न  लगायतका माल सामानहरू जलेर खरानी भएको छ   ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button