तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सरकारका तर्फबाट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभामा हस्तान्तरण गरेपछि नीति तथा कार्यक्रम प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गर्नुभएको हो ।

नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ । एक वडा एक उत्पादन कार्यक्रमलाई प्रोत्साहन गरिने, किसानको उत्पादनलाई सङ्कलन एवम् बजारीकरण गर्न स्थानीय तहको सहकार्यमा कृषि उपज सङ्कलन केन्द्रको निर्माण र प्रत्येक निर्वाचन क्षेत्रमा कृषि सडक विस्तारको कार्यलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

“प्रदेश सरकारको साझेदारी बाँझो रहन्न खेतबारी“ भन्ने अभियानका साथ बाँझो जग्गालाई उपयोगमा ल्याई उत्पादन वृद्धि गर्न हावापानी, भौगोलिक उपयुक्तता र सम्भाव्यताका आधारमा खाद्यान्न, फलफूल, तरकारी, मसला, घाँसे बाली, गाँजा, अकबरे खुर्सानी, टिमुर आदिको उत्पादन कार्यलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठः

प्रतिक्रिया राख्नुहोस्

Back to top button