तपाईँ सुन्दै हुनुहुन्छः

बुटवल श्रमाधान रोजगार मेला सुरु

रुपन्देही । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’ आजदेखि लुम्बिनी प्रदेशमा सुरु भएको छ । 

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) मा आज र भोलि ‘श्रमाधान रोजगार मेला’ चल्ने मेला संयोजक लोकनाथ भुसालले जानकारी दिनुभयो । मेला श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल उद्योग परिसङ्घ, बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको हो । रोजगार मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याउने विश्वास लिइएको छ । मेलामा बेरोजगार युवाहरूको ज्ञान, सीप, क्षमताका आधारमा विवरण सङ्कलन पनि गरिने छ ।

जेठ १७ गते कोशी प्रदेशको विराटनगरबाट शुरु भएको श्रमाधान रोजगार मेला, मधेश प्रदेशमा र गण्डकी प्रदेशको पोखरामा पनि सम्पन्न भइसकेको छ । रोजगार मेला कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा यही जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते र बाग्मती प्रदेशको ललितपुरमा २९ र ३० गते सञ्चालन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button