तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीका लागि सडक पूर्वाधार नै पहिलो खुट्किलो हो : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका लागि सडक पूर्वाधार नै विकासको पहिलो खुट्किलो भएको बताउनु भएको छ । 

आज सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आयोजना गरेको आगामी वर्षका लागि बजेट तर्जुमा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले राष्ट्रिय राजमार्गले छुन नसकेको कर्णालीका लागि विकासको पहिलो पूर्वाधार भने कै सडक भएको बताउनु भएको हो । 

उहाँले भौगोलिक रुपमा विकट मानिएको कर्णाली र भेरी करिडोर निर्माणाधीन अवस्थामा रहेकाले प्रदेश सरकारको मुख्य प्राथमिकता नै गुणस्तरीय सडक पूर्वाधार निर्माण भएको जनाउनु भयो । प्रदेशवासीले अझैँ पनि सहज र ढुक्कसँग यात्रा गर्न नपाइरहेको तितो सत्यलाई आत्मसात गर्दै उहाँले बजेट सुनिश्चित भएका योजनाहरूमा निर्माण व्यवसायी र कार्यालय प्रमुखले सहकार्य गरेर तोकिएकै समयमा जनचाहना अनुसारको कार्यलाई मूर्तरूप दिन निर्देशन दिनुभयो । 

जनताले निवेदक बोकेर मन्त्रालयमा धाउने परिस्थितको अन्त्य गरी भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले बढी जिम्मेवारीका साथ ठेक्का लगाएर पेश्की दिएका आयोजनाहरूको प्रगति सुनिश्चित हुनुपर्नेमा उहाँले जोड दिनु भयो । 

कार्यक्रममा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले कर्णालीको बजेट कम खर्च कम भइरहेकाले सम्बन्धित कार्यालय प्रमुखले समयमै आवश्यक प्रक्रिया पुरा गरि योजना सम्पन्न गर्न आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button