तपाईँ सुन्दै हुनुहुन्छः

गोरखाको अन्तिम गाउँ साम्दोमा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना

गोरखा । जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर-१ साम्दोमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट(बिओपी) स्थापना भएको छ ।

एक बर्ष अघि देखिको  तयारीपछि आज बिओपी स्थापना भएको हो । तिब्बतसँगको रुईला नाका नजिकै पर्ने चुमनुब्री गाउँपालिको साम्दोमा बिओपी स्थापना भएको सशस्त्र प्रहरी नायव उपरिक्षक सुमन बोगटीले जानकारी दिनुभयो । 

साम्दोमा भाडामा घर मिलेसँगै आवश्यक सबै तयारी पूरा गरी विओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल गोरखा गुल्मका प्रहरी नायव उपरिक्षक सुमन बोगटीले बताउनुभयो । बिओपीमा प्रहरी निरीक्षकको कमाण्डमा करिब २० जनाको टोली रहेका बोगटीको भनाई छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button