तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

मकवानपुर ।बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभा बैठकमा प्रस्तुत हुँदै छ । दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको आगामी आव को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारले मन्त्रालयहरूबाट प्राप्त विवरणलाई नीति तथा कार्यक्रममा समेटेर प्रस्तुत गरिने छ । नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्यलगायतका कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ ।

यसैबीच आज बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रदेशसभा बैठकमा प्रस्तुत हुने आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रम स्वीकृत गर्नका लागि मन्त्रिपरिषद्को बैठक बस्न लागेको बुझिएको छ ।

नीति तथा कार्यक्रमका विषयलाई समेटेर आगामी आर्थिक वर्षको बजेट बनाउने प्रदेश सरकारले तयारी गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको आकार घटाएको छ । चालु आर्थिक वर्षमा भन्दा प्रदेशका १३ वटै मन्त्रालयमा बजेटको आकार घटाइएको स्रोतले जनाएको छ । प्रदेश सरकारको आम्दानीको श्रोत घट्दै गएकोले बजेटको आकार पनि घटाइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button