तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा ट्रकले च्यापिएर चालकको मृत्यु 

सल्यान । सल्यानमा मिनि ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

गएराती राप्ती राजमार्ग अन्तर्गत दाङबाट सल्यान आउँदै गरेको रा १ ख १९१६ नम्बरको मिनिट्रक सल्यान कपुरकोट गाउँपालिका ३ अरिंगालेफेदीमा दुर्घटना भएको हो । दुर्घटनामा परी सल्यान छत्रेश्वरी गाउँपालिका ६ का अन्दाजी २७ वर्षीय सुकलाल घर्तीको ट्रकले च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो ।

दुर्घटनामा परी सहचालक सल्यान बनगाड कुपिण्डे नगरपालिका ९ का २१ वर्षीय तेल.बहादुर बुढाथोकी घाइते भएको उहाँले बताउनु भयो । घाइते बुढाथोकीको श्रीनगरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उहाँको भनाई छ । 

ट्रक अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल खसेको छ । मृतक घर्तीको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल राखिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button