तपाईँ सुन्दै हुनुहुन्छः

रामग्राम स्तुपाको गुरुयोजना स्वीकृतका लागी पहल गर्छौ : मन्त्री तामाङ 

नवलपरासी पश्चिम् । सङ्घीय सरकारका सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितमान तामाङले रामग्राम स्तूपको गुरुयोजना स्वीकृतिका लागि पहल गर्ने बताउनु भएको छ ।बुद्ध जयन्तीको अवसर पारेर रामग्राममा रहेको बुद्धको अस्तु धातु रहेको रामग्राम स्तुपाको अवलोकन गर्दै मन्त्री तामाङले रामग्राम स्तुपा क्षेत्रको बृहत्तर विकासका लागि तयार पारिएको गुरुयोजना मन्त्रीपरिषद्मा लगि स्वीकृत गराउन पहल गरिने बताउनु भएको हो ।

बुद्धको अस्तु धातु रहेको रामग्रामलाई लुम्बिनीसँग जोडेर एकीकृत विकास गर्ने गरी रामग्राम स्तूप क्षेत्रको २०७८ सालमा गुरुयोजना बनेको थियो।लुम्बिनी मात्रै नभएर बुद्धसँग जोडिएका सबै स्थलहरूको बिकास र प्रचार प्रसार हुन सके मात्रै दीर्घकालीन रुपमा यसको बिकास हुन सक्ने मन्त्री तामाङको भनाई थियो । स्तुपाको विकासका लागि अहिले नै बजेटमा समेटिने अवस्था त छैन तर उत्खननका लागि पुरातात्त्विक विभागमा बजेट पक्कै छुट्टिएको छु -, उहाँले भन्नू भयो ।बुद्ध सँग जोडिएका ऐतिहासिक स्थलहरूको विकासका लागि तिनै तहका सरकार बिच सहकार्य जरुरी रहेको मन्त्री तामाङले उल्लेख गर्नु भयो ।

बुद्धको जीवनीसँग अभिन्नरुपमा जोडिएको स्थल भएर पनि पूर्वाधार निर्माण र प्रचारप्रसारको अभावमा यो क्षेत्र ओझेलमा परेपछि गुरुयोजना बनाईएको थियो ।

राज्यले उपेक्षा गरेको भन्दै आलोचना र छुट्टै रामग्राम विकास कोषको माग भइरहेका बेला लुम्बिनी विकास कोषले सात अर्ब लागतको गुरुयोजना बनाएको हो ।

नवलपरासी पश्चिमको सदरमुकाम परासीदेखि तीन किलोमिटर दक्षिणमा रहेको रामग्राम क्षेत्रका ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक स्थलहरूको विकास गरिने छ । यहाँ बुद्धसँग सम्बन्धित विभिन्न संरचना निर्माण हुनेछन् ।

ग्रेटर लुम्बिनी अन्तर्गत बनाइएको गुरुयोजनाले स्तुपा क्षेत्रको एक सय १७ बिघा जग्गा समेटेको छ । गुरुयोजना अनुसार जग्गा अधिग्रहणका लागि एक अर्ब ५० करोड र संरचनाहरू निर्माणका लागि साढे पाँच अर्ब रुपैयाँ लागत अनुमान गरि गुरुयोजना तयार गरिएपनि मन्त्रीपरिषद्बाट स्वीकृत भएको छैन  ।

रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले रामग्राम स्तूपको विकासका लागि संघ,प्रदेश सरकार र लुम्बिनी बिकास कोषले खासै चासो नदिएको भन्दै यसको विकासमा पहल गरिदिन मन्त्री तामाङ समक्ष आग्रह गर्नु भएको छ । लुम्बिनी बिकास कोषले निर्माण गरेका ऐनहरू बाझिएकाले काम गर्न कठिनाई भएको समेत बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button