तपाईँ सुन्दै हुनुहुन्छः

चीनको विद्युत् उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि

चीनको कुल स्थापित ऊर्जा उत्पादन क्षमता अप्रिलको अन्त्यमा ३.०१ अर्ब किलोवाट पुगेको छ । एक वर्ष अघिको तुलनामा चिनियाँ ऊर्जा उत्पादन क्षमता १४.१ प्रतिशतले बढेको राष्ट्रिय ऊर्जा प्रशासनको बिहीबार तथ्याङ्कले देखाएको छ ।

वायु ऊर्जा र सौर्य ऊर्जाको विकासलाई गति दिने चीनको प्रयासबीच गत महिनाको अन्त्यसम्ममा वायु ऊर्जा लगभग चार करोड ६० लाख किलोवाट(२०.६ प्रतिशत) र सौर्य छ करोड ७० लाख किलोवाट (५२.४ प्रतिशत) पुगेको छ । 

जनवरी देखि अप्रिलसम्म चीनमा प्रमुख ऊर्जा उत्पादन उद्यमहरूले कुल १९१.२ अर्ब युआन करिब २६.८९ अर्ब अमेरिकी डलर० को ऊर्जा आपूर्ति परियोजना लगानी पूरा गरे थिए । एक बर्ष पहिले लगानीमा ५.२ प्रतिशतले वृद्धि भएको थियो ।

विद्युत् ग्रिड परियोजनाहरूमा चीनको लगानी चार महिनाको अवधिमा १२२.९ अर्ब युआन थियो । यो वर्षको सोही अवधिमा लगानीमा २४.९ प्रतिशतले वृद्धि भएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button