तपाईँ सुन्दै हुनुहुन्छः

नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर बजेट आउँछ : मन्त्री भण्डारी

अत्तरिया (कैलाली) । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आउने बताउनुभएको छ । 

धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री भण्डारीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले मार्ग निर्देश गरेका विषयलाई केन्द्रमा राखेर आगामी आवको बजेट आउने बताउनुभयो । 

उहाँले भन्नुभयो, “सरकार बजेटमा केन्द्रित छ । हिजोका दिनमा थुप्रै नीति तथा कार्यक्रमले बजेट नचिन्ने, बजेटले नीति तथा कार्यक्रम नचिन्ने खालका सन्दर्भ थिए । यस पटक सरकारले पूरै नीति तथा कार्यक्रमलाई बल पुग्ने गरी बजेट तय गर्ने छ ।”

रोजगारीका अवसर सिर्जना गर्ने, उद्योगधन्दा सञ्चालन गर्नेलगायतका थुप्रै कार्यक्रम नीति तथा कार्यक्रमले समेटेको मन्त्री भण्डारीले बताउनुभयो । सरकार राष्ट्रिय मुद्दामा केन्द्रित भएर काम गरिरहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button