तपाईँ सुन्दै हुनुहुन्छः

लामो समयपछिको बर्षाले बाँकेका किसान हर्षित

बाँके। पछिल्लो केही समययता अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भइरहेको बेला  मङ्गलबार र बुधबार बाँके,बर्दिया लगायतका जिल्लामा पानी परेसँगै सर्वसाधारणलाई ठुलो राहत मिलेको छ ।

लामो समयदेखि पानी नपरेर सुख्खा खडेरी परेर मकै लगायतका हिउँदे बाली सुक्न लागेको र अत्यधिक गर्मीले स्थानीय बासिन्दा आजित भएको बेला पानी परेपछि सबैलाई राहत महसुस भएको कोहलपुर १३ भरैयाका किसान शेरबहादुर वलीले बताउनु भयो। 

लामो समयपछि पानी  परेपछि आफु जस्ता हजारौँ किसानलाई राहत मिलेको वलीले भन्नु भएको छ।  

यस्तै सुख्खा खडेरीले बालीनाली सुकेर चिन्तित भएका बाँकेका किसानले अब बर्खे धानको बिउ राख्न रोप्न र मकै छर्न पाउने भएकोमा  किसानमा खुसीयाली छाएको कोहलपुर १३ भरैयाकै किसान एजराज वलीले बताउनु भयो।

यस्तै  कृषि ज्ञान केन्द्र नेपालगन्जका अधिकृत सेतिराम बबालले  बाँके लगायतका जिल्लामा करिब  ७र८ महिनापछि वर्षा हुँदा गर्मीबाट आजित बनेका स्थानीयले शीतलता महसुस गरेका छन् भने ग्रामीण भेगका किसान बाल सप्रिने भन्दै हर्षित भएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button