तपाईँ सुन्दै हुनुहुन्छः

माछा मार्ने क्रममा पोखरीमा डुबेर बालकको मृत्यु

चितवन । चितवनको खैरहनी नगरपालिकामा पोखरीमा बल्छी थापेर माछा मार्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ ।

खैरहनी नगररपालिका वडा नम्बर १० जीवनपुरका सञ्जय चौधरीको छोरा सिमानस चौधरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्थानीय यादव पुनको माछापोखरीमा सोमवार दिउँसो साढे ३ बजे बल्छी थापेर माछा मार्ने क्रममा डुबेका थिए ।

 बालकलाई पोखरीबाट निकालेर उपचारको लागि भरतपुर अस्पताल पठाइएकोमा उपचारको क्रममा सोमवार बेलुका ५ः५० बजेको समयमा मृत्यु भएको कार्यालयका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button