तपाईँ सुन्दै हुनुहुन्छः

रेसुङ्गा विमानस्थलबाट साप्ताहिक चार उडान हुने 

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा पछिल्लो समय यात्रुहरूको चाप बढेसँगै साप्ताहिक उडान थप गरिएको छ । रेसुङ्गा विमानस्थलबाट साप्ताहिक तीन वटा उडान गर्दै आएकोमा यात्रुको चापलाई मध्यनजर गर्दै एक थप उडान गरी दैनिक चार उडान गरिएको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले बताउनुभयो । 

विमानस्थलबाट सोमबार, बुधबार र शुक्रबार उडान हुँदै आएको छ । अब साप्ताहिक रुपमा शनिबार थप गरेर हप्ताको चार पटक उडान गरिने भएको हो ।  विमानस्थलमा गत वर्षको वैशाख २९ गतेबाट नेपाल एअरलाइन्सको टुइनेटर जहाजले उडान गर्दै आएको छ । 

हवाई यात्रामा गुल्मी जोडिएसँगै पछिल्लो समय जिल्लाका पर्यटकीय स्थलमा अन्तर्राष्ट्रिय पर्यटन भित्रिन थालेका छन् । अहिले गुल्मीबाट काठमाडौँका लागि ७ हजार ८० र काठमाडौँबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा रहेको छ । 

गुल्मीबाट एक वर्षको अवधिमा करिब ७० वटा उडानमा ८ सय बढी नागरिकले हवाई सेवा लिएको रेसुङ्गा विमानस्थलका स्टेशन बताउनुभयो । गुल्मीबाट हवाई सेवा लिनेहरूमा वृद्ध, बिरामी, सुत्केरी, लगायतका नागरिकले सेवा लिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button