तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा बिरामीको चाप बढ्यो

बाँके । अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा टाइफाइड, डेंगु, मलेरिया र भाइरल ज्वरोका बिरामीको चाप बढेको छ ।

बिरामीको चाप बढेसँगै पर्याप्त शय्या नहुँदा भुईँमा राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. पवनजंग रायमाझीले बताउनुभयो । भेरी अस्पतालमा दैनिक १२ सय जनासम्म बिरामी उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो ।

यस्तै बाँकेको नरैनापुर गाउँपालिकाको स्वास्थ्यचौकीमा पनि भाइरलका बिरामीको चाप उच्च रहेको स्वास्थ्य संयोजक नगेन्द्र कुमार कर्णले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button